काठमाडौं : कांग्रेस नेता नैनसिंह महरले जनतालाई दुख परेका वेला अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने राज्यको दायित्व भएपनि आज राज्य (सरकार) यो अहम जिम्मेवारी बहन गर्न किन सकिरहेको छैन ? भनेर प्रश्न गरेका छन् ।

नेपाली कांग्रेसका भातृ संगठनका पदाधिकारी र सदस्यहरुसंग वानेश्वरमा शुभकामना आदानप्रदान गर्दै नेता महरले भने,` भर्खर भीषण वर्षा, बाढी पहिरोले संयौं जनताले ज्यान गुमाउनु परेको छ । अर्बौंको क्षती भएको छ । प्रभावित जनताको गाँस, बाँस र कपास चाडपर्वको मुख मैं खोसिएरे बिचल्ली भएको छ। यस्तो संवेदनशील बेलामा सरकारको कमजोर उपस्तिथी देखियो। विपत्तिले गर्दा शिक्षा, स्वास्थ्य भित्र समेत अप्ठ्यारो स्थिति सृजना भएको छ । मर्कामा परेका जनताको अभिभावकीय जिम्मेवारी बहनमा सरकारले विशेष ध्यान दिनु पर्दछ।´उनले थप भने, `केही समयपछि विद्यालय, महाविद्यालय र विश्वविद्यालय ले पढाई सुचारु गर्नुपर्ला । के त्यसको निम्ति हाम्रो सरकारले समय भित्रै पुर्ननिर्माण गर्न सक्छ ? कुनै पहल लिएको छ ? ´

एक अर्को प्रसंगमा महरले भने बाटोघाटो अवरुद्द भएका बेला जनतालाई विपत्ति परेका बेला हवाईभाडा छिमिकी मुलुक भारत पुग्न १२ हजार भन्दा कम (सस्तो) हुने तर आफ्नै मुलुक भित्र यात्रा गर्दा जहाजको भाडा १७ हजार पुर्याउदा सरकार निरीह भएर बस्नु बिडम्बना सिवाय के हुन् सक्छ ? त्यस्तै नेता महरले चाडपर्वको समयमा आम नागरिक महंगी, कालोबजारी, कृतिम अभाव, र ठगीजस्ता कुकृत्यले सास्ती भोग्नु पर्ने स्तिथि आउन नदिन सरकारले आवश्यक रणनीति अक्तियार गर्नु पर्ने बताए।

उक्त कार्यक्रममा नेता महराले भातृ संस्थाहरुको अधिवेशनको बारे आफुले चैत भित्रै अधिवेशन गराउन निरन्तर पहल गर्ने समेत बताए। तोकएको समय चैत महिना भित्र लोकतान्त्रिक पद्धति (चुनाव) बाटै महाअधिवेशन सम्पन्न गर्न पार्टीका मुख्य पदाधिकारीहरु र निर्देशक समितिले यथासिघ्र पहल लिनुपर्ने समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको