काठमाडौं : नेपाल विद्यार्थी संघ काठमाडौँ जिल्ला कार्यसमितिले छात्रवृति ठगी विरुद्द व्यापक रुपमा अभियान चलाउँदै आएको छ । ने बि संघ काठमाडौं जिल्ला अध्यक्ष अंशुल केसीका अनुसार
विशेषगरी निजि विद्यालयहरुमा पनि छात्रवृतिको माध्यमबाट जेहेनदार तथा आर्थिक रुपमा शिक्षा लिन असक्षम विद्यार्थीहरुलाई  नेपालको कानुनले छात्रवृतिको व्यवस्था गरेतापनि त्यसको कार्यान्वयन फितलो देखिएकाे छ ।

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन–२०७५ को दफा २७ ले निजि विद्यालयहरुले पनि विद्यार्थीको संख्याको आधारमा छात्रवृतिको सुनिश्चितता गरेको छ । यसको कार्यान्वयन भए नभएको एकिन गर्न नेविसंघ काठमाडौँले छड्के निरीक्षण सुरु गरेको केसीले बताए ।

नेविसंघले गरेको छड्केले अविभावक र विद्यार्थीमा उत्साह जगाएको छ । स्वार्थ समुहले महानगरको शिक्षा विभागलाई प्रयोग गरेर नेविसंघको अभियान खलबल्याउने चेष्टा गरेपनि नेविसंघले आफ्नो अभियान निरन्तर गरेको छ ।

नेपाल विद्यार्थी संघले देशमा उपलब्ध सबै शैक्षिक संस्थाहरुमा कानुनले सुनिस्चित गरेको विद्यार्थीहरुको हक विद्यार्थीहरुले प्राप्त गरेका छन् कि छैनन् भनि अनुसन्धान् तथा अनुगमन गर्ने अभियान संचालन गरेको हुदा नेपालको संविधानको धारा २७ र सुचनाको हक सम्बन्धि ऐन, २०६४ बमोजिम सुचना मागेको छ । नेविसंघ काठमाडौँले काठमाडौं स्थित के एम सि कलेज,त्रिनिटि कलेज,एस कलेज, लिभरपुल कलेज,युनिग्लोब कलेज ,नेपाल मेघा कलेज,रेडोन कलेज,नोबेल कलेज ,टेक्सस कलेज ,पृमियर कलेज सहित ३५ कलेजमा अनुगमन तथा छात्रवृत्ति सुची माग रखेको र महङी फि को ब्याख्या माग गरेका छन् ।अन्य कलेजमा पनि जाने र सहि र पुर्ण छात्रवृत्ति नदिएको खण्डमा माहानगरलाई जानकारी दिने र सुनुवाइ नभए बृहत आन्दोलन गर्ने ने बि संघ काठमाडौं अध्यक्ष अंशुल केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको