काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पमाथि गाेली प्रहार भएकाे छ । चुनावी प्रचार प्रसारका क्रममा भाषण गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको हाे ।
गोलीबाट उनको दाहिने कानबाट रगत बगेको तस्बीरहरु सार्वजनिक भएका छन । गोली प्रहार पछि घाइते ट्रम्पलाई तत्कालै सुरक्षाकर्मीहरुले अस्पताल पुर्याएका थिए । उनकाे अवस्था सामान्य रहेकाे बताइएकाे छ ।
गोली हान्ने व्यक्ति सुरक्षाकर्मीको प्रतिकारमा मारिएको छन । सन् २०१७ देखि २०२० सम्म राष्ट्रपति रहेका ट्रम्प यसपटक पनि उम्मेदवार हुने तयारीमा छन् ।




