काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार स्वदेश फर्किएका छन् । नयाँ दिल्लीमा उपचार र शल्यक्रिया पश्चात आज काठमाडौं फर्किएका हुन् ।
सिंह केहीबेरअघि काठमाडौं अवतरण गरेकाे उनका स्वकिय सचिव युपी लामिछानेले बताए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सांसद प्रकाशमान सिंहको भारतको नयाँदिल्लीस्थित फोर्टिस अस्पतालमा शल्यक्रिया गरिएको हाे। प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि सिंहको जेठ २१ गते शल्यक्रिया गरिएको थियो। सिंह गत जेठ १८ गते परिवारका सदस्यहरूसहित नयाँ दिल्ली गएका थिए।
सिंहलाई कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्यहरू राजन केसी, सांसद सपना राजभण्डारी, कांग्रेस काठमाडौं सभापति सबुझ बानियाँ, सांसद सन्ताेष चालिसे, दिपेन्द्र श्रेष्ठ, राजु श्रेष्ठ, पूर्वमन्त्री कञ्चन बादे,ललितपुर सभापति जितेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य नानू बास्ताेला, बागमती प्रदेश उपसभापति माेहन बस्नेत, काठमाडौका क्षेत्रीय सभापतिहरु लगायतका नेता कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए ।






