काठमाडौं लेडी जेसीजको आयोजनामा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारी सम्मान कार्यक्रम सम्पन्न भएको छ । समाज र राष्ट्रका लागि एतिहासिक र साहसिक कार्यहरु गरि विभिन्न क्षेत्रमा रहि आफ्नो योगदान पुर्याउनु भएका तर ओझेलमा पर्नु भएका महिलाहरुलाई सम्मान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको काठमाडौं लेडी जेसिजका अध्यक्ष जेसि स्तुति बुढाथोकीले बताइन ।
कार्यक्रममा संचार क्षेत्रबाट दीपा दाहाल, खेलकुद क्षेत्रबाट अश्मिना कर्मचार्य, सुरक्षा क्षेत्रबाट मीना देबि राई, यातायात क्षेत्रबाट हर्मिता श्रेष्ठ स्वस्थ्य क्षेत्रबाट मनिशा सिमखडा सम्मानित भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर रबिन पोख्रेलज्युले सम्मान कार्यक्रममा सम्मानित व्यत्तित्वहरुलाई बधाई दिनका साथै समाजमा हरेक क्षेत्रमा योगदान पुर्याउनु भएका महिलाहरुलाई यसरि नै उहाँहरुको कार्यको उचित मूल्याकंन गरि उहाँहरुलाइ थप हौसला र सम्मान गर्दा उहाँहरुलाई अझ धेरै प्रेरणा मिल्ने बताए । साथै प्रमुख अतिथि पोख्रेलले आयोजक परिवारलाई बधाई तथा धन्यवाद दिए ।
काठमाडौं लेडी जेसीजका शाखा अध्यक्ष जेसि स्तुति बुढाथोकीले कार्यक्रममा समाजमा आफ्नो अतुलनीय योगदान पुर्याउनु भएका साहसी महिलाहरुलाई सम्मान गर्न पाउदा आफू लगायत आफ्नो टिम धेरै खुशी रहेको बताइन । कार्यक्रममा विभिन्न शाखाका अध्यक्षहरु, पदाधिकारीहरु अन्य सस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आगामि दिनमा पनि काठमाडौं लेडी जेसीजले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदैं अगाडि बढ्ने काठमाडौं लेडी जेसीजका अध्यक्षले बताइन ।



