धरान : नेबिसंघ धरानका चार क्याम्पसका विद्यार्थीहरूले विद्यार्थी राजनीतिप्रति युवापुस्ताकाे वितृष्णाबारे छलफल गरेका छन् ।
नेपाल बिद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस धरान इकाई समितिको आयोजनामा कार्यक्रम संयोजक नेबि संघ उप-सभापति अजय लिम्बुको संयोजनमा सुनसरी को धरान स्थित चार वटा आंगिक क्याम्पस ( महेन्द्र बहुमुखी क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ् क्याम्पस ,केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार, पिण्डेश्वर बिधापीठ) का नेपाल विद्यार्थी संघका बिद्यार्थीहरु बिच  “विद्यार्थी राजनीति प्रती युवा पुस्तामा बढदै गैरहेको बितृष्णाका कारण परिणाम र समाधान” बिषयक अन्तरक्रिया सम्पन्न भएको छ।

ने.वि संघ केन्द्रीय सदस्य संगीता बाहिंग राई, ने.वि संघ सुनसरी जिल्ला सभापति प्रमोद भट्टराई ज्युको विशेष आतिथ्यमा ” भेटघाट तथा अन्तरक्रिया कार्यक्रम ” सम्पन्न भएको हो।
कार्यक्रममा पुर्वान्चल क्याम्पस धरानका स्ववियु सभापति नवीन श्रेष्ठ , पिण्डेश्वर विद्यापिठ का नेबि संघ सभापति प्रवेश पौडेल, केन्द्रिय प्रविधि क्याम्पस का स्ववियु सदस्य रितेस श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पस धरान नेबि संघका कार्यवाहक सभापति बिनोद आले मगर ले आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रमको विशेष समयमा बोल्दै नेबिसंघ सुनसरी सभापति प्रमोद भट्टराईले विद्यार्थी राजनीति प्रती युवा पुस्तामा बितृष्णा बढ्नु को प्रमुख कारण सरकार संचालन को संरचनामा युवाहरूको प्रतिनिधित्वको कमी हुनु, समाजमा युवाहरूको आवाजको अभाव, युवा मैत्री नेतृत्व र नीतिको अभाव साथै राजनीतिक दलहरूमा युवाहरूको समावेशिताको कमी, राजनीतिक विभिन्नताको अभाव र राजनीतिक प्रक्रियाहरूमा पारदर्शिताको कमी भएको बताएका छन।

त्यस्तै उक्त कार्यक्रममा नेबि संघ केन्द्रिय सदस्य संगिता वाहिङ्ग राईले पढे लेखेको महिला हरु अब राजनीति मा आनु पर्ने बताउदै राजनीतिमा महिला सहभागिता कम हुनु को प्रमुख कारण राजनीतिक शिक्षामा अहिले कमि भएको बताईन ।उनले छात्रा विद्यार्थी हरु पनि अब राजनीतिमा हस्तक्षेपकारी भुमिकामा आउनु पर्नेमा जोड दिइन् ।

विद्यार्थी राजनीतिमा युवा विद्यार्थीको निरासा र बितृष्णा बढ्दा नेपाल राष्ट्र लाई अपुरणिय क्षति हुने र भबिस्यमा राज्य संचालनमा असक्षम ब्यक्ति पुग्ने आकलन गरिएको र यस समस्याका समाधानको लागि, संबैधानिक रूपमा युवाहरूलाई राजनीतिक प्रक्रियामा समावेश गराउन र प्रतिनिधित्व बढाउने कार्यक्रमहरूको अधिक विकास गर्नु पर्ने, युवाहरूलाई राजनीतिक शिक्षा र जागरूकतामा वृद्धि गराउन प्रयास गर्नु पर्ने, राजनीतिक दलहरूले युवाहरूलाई समावेश गर्न र उनीहरूको आवाज सुन्न र समर्थन गर्न प्रेरित गर्न पनि आवश्यक रहेको निष्कर्ष निकाल्दै कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक नेबि संघ महेन्द्र बहुमुखी क्याम्पस इकाईका उप सभापति अजय लिम्बुले जानकारि दिएका छन।

साथै उक्त कार्यक्रममा ने.बि.संघ महेन्द्र क्याम्पस कक्षा कमिटी मा संगठित हुने नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत, सम्मान र प्रमाण पत्र वितरण तथा ने.बि.संघ केन्द्रिय सदस्य स्व.हरिष देउवा प्रती शोक पुस्तिका राखी श्रद्धाञ्जली सभा समेत सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर