इटहरी : नेविसंघ सुनसरीले हाल विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थीकाे भविष्यमाथि खेलवाड भइरहेकाे भन्दै त्यसाे नगर्न अपिल गरेकाे छ । मंगबार नेविसंघ सुनसरी अध्यक्ष प्रमाेद भट्टराईले विज्ञप्ति जारी गर्दै पठनपाठन अवरुद्ध र परीक्षा अनिश्चित भएकाेबारे ध्यानाकर्षण भएकाे भन्दै सराेकारवालालाई गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन् ।
`विद्यार्थीहरूको भविष्यमाथि गरिएको लापरवाही र भविष्यको सुनिश्चितताको कामना गर्दै पठनपाठन र परीक्षा सञ्चालनका गतिविधिहरू यथाशीघ्र सञ्चालन गरेर संवैधानिक अधिकार सुनिश्चित गरिदिनुहुन सम्बन्धित सबैमा नेपाल विध्यार्थी संघ सुनसरी जिल्ला समिति विनम्र अनुरोध गर्दछौं ´, विज्ञप्तिमा भनिएकाे छ । संघले हाल बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा विद्यार्थी कल्याण समाजले गरिरहेको आन्दोलनमा एक्यवद्धता पनि जनाएकाे छ ।
विज्ञप्ति
नेपाल विद्यार्थी संघ नेपालको विभिन्न राजनीतिक परिवर्तन, शैक्षिक आन्दोलन, सामाजिक / सांस्कृतिक विकास र उन्नयनको निमित्त आफ्नो स्थापना काल देखि नै अग्र मोर्चामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको सर्वविदितै छ ।
हाल बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा पठनपाठन नै अवरुद्ध हुने गरि भैरहेको अन्योलता, त्यहा अध्ययनरत विद्यार्थीहरू मानसिक एवम् संवेगात्मक असरबाट गुज्रिरहेको र कहिले पुनः पठनपाठन र परीक्षा सञ्चालन हुने सम्बन्धमा अन्योलमा परिरहेको तथा थप आर्थिक भार मात्र नभएर परिवारमा नै चिन्ता बढिरहेको अवस्थामा नेपाल विध्यार्थी संघ सुनसरी जिल्ला कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
करिब चार महिनादेखि पठनपाठन र परीक्षाका कार्यक्रमहरू पटक-पटक बन्द भएर विद्यार्थीको भविष्यप्रति खेलबाड भइरहँदा समस्या समाधान र शैक्षिक हक सुनिश्चित गर्ने निकायका रुपमा रहेको प्रधानमन्त्री कार्यलय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र स्वयम प्रतिष्ठान सबै तर्फवाट विद्यार्थीको हकमा कुनै प्रतिक्रिया र ठोस कदम नआउँदा सम्पूर्ण विद्यार्थीहरू अन्योलमा परेका छन् ।
विद्यार्थीहरूको भविष्यमाथि गरिएको लापरवाही र भविष्यको सुनिश्चितताको कामना गर्दै पठनपाठन र परीक्षा सञ्चालनका गतिविधिहरू यथाशीघ्र सञ्चालन गरेर संवैधानिक अधिकार सुनिश्चित गरिदिनुहुन सम्बन्धित सबैमा नेपाल विध्यार्थी संघ सुनसरी जिल्ला समिति विनम्र अनुरोध गर्दछौं । साथै हाल बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा “विद्यार्थी कल्याण समाज” ले गरिरहेको आन्दोलनमा एक्यवद्धता जनाउदछौ !
जय नेपाल
हेर्नुस् विद्यार्थी कल्याण समाजकाे आन्दाेलन तस्विरमा





