काठमाडौ । नेपाल पत्रकार महासघको बैठकले संचारमाध्यमसँग जोडिएका विधेक ल्याउदा सरोकारवाला पक्षसँग व्यापक छलफल गरेर मात्रै ल्याउन भन्दै सरकारसँग आग्रह गरेको छ। आज बसेकाे  नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले बिबिध बिषयमा छलफल गरि निर्णयहरु समेत गरेको छ।

महासंघका केन्द्रिय सचिब गोबिन्दप्रसाद चौलागाईंले जारी गर्नुभएको बिज्ञप्ति अनुसार बैठकले नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारीलाई तीब्रताका साथ अघि बढाउँदै केन्द्रीय समितिको बैठक यथाशीघ्र बोलाउने निणर्य गरेको छ ।
बैठकले महाधिवेशनको प्रयोजनका लागि सदस्यतासहित शाखा, प्रतिष्ठान, एसोसिएट र प्रदेश समितिहरूको अधिवेशनसमेत सम्पन्न गर्ने आवश्यक तयारी अघि बढाउने निणर्य गरेको छ भने सचिब चौलागाईंद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।

नेपाल सरकारले संसद्को चालू अधिवेशनमा सञ्चार विधेयकहरू प्रस्तुत गर्ने तयारी गरेको विषयलाई सकारात्मक रुपमा लिँदै महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैगरी सञ्चार सम्वद्ध विधेयकहरू नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता र हाम्रा अभ्यासहरूको आधारमा अघि बढाउन महासंघ सरकारसँग माग गर्दछ भनिएको छ। विधेयकहरू महासंघसहितका सरोकारवाला पक्षहरूसँगको व्यापक छलफल र परामर्श गरेर संसदीय प्रक्रियामा लगियोस् भन्ने माग गर्दछ ´, विज्ञप्तिमा भनिएकाे छ,
समग्र सञ्चार क्षेत्र नै गम्भीर संकटमा परेको वर्तमान अवस्थामा सञ्चार क्षेत्रलाई संरक्षण गर्ने नीति अवलम्बन गर्दै स्वरोजगारमूलक सञ्चारमाध्यमले यतिबेला थप संकटको समाना गरेको यथार्थलाई ध्यान दिँदै लोककल्याणकारी विज्ञापनको वृद्धि, समानुपातिक विज्ञापनको वितरण, सञ्चारमैत्री वातावरण निर्माण गर्न र न्यू मिडियाहरूलाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन वितरण गर्न महासंघ माग गर्दछ ।´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर