आदरणीय सभापति गगन कुमार थापा ज्यु,
नेपाली कांग्रेस
विषय-अन्तिम खुल्ला पत्र
नेपाली कांग्रेसमा उत्पन्न विवादको कानुनी निरुपण भय पनि राजनैतिक र भावनात्मक समाधान हुन सकेको छैन। निर्वाचनको मुखमा देखिएको जटिल मतभेदले इतिहासमा नेपाली कांग्रेस कमजोर भएको छ । कृयाशिल सदस्य अध्यावधिक गर्ने काममा सभापति ज्यु लगायत नेताहरू न्वारानदेखिको बल लगायर लाग्नु भएको छ यो पनि नयाँ अनुभव भएको छ । पार्टीको आन्तरिक बिषयमा गर्ने नगर्ने नाममा सामाजिक संन्जालमा कार्यकर्ता लडिरहेका लोक हसाइ चलेको छ । आफ्नो टिम बनाउन बिगतलाई पछि पारेर न्युनतम नैतिकता नराखेर धम्की कारवाही आश्वासनले दुनियाँ हसाउने कामको मिति आज सकिँदैछ ।
सभापतिज्यू, तपाईंलाई नेपाली कांग्रेस एकिकृत अवस्थाको सभापति बनाउने सपना समाप्त हुन लाग्दा पत्र मार्फत जानकारी गराउन बाध्य छु । जुन शक्तिले भाद्र २४ को घटना घटायो त्यसको उद्देश्य कांग्रेस कमजोर बनाउने पनि थियो भन्ने विभिन्न घटना र परिणाम ले प्रमाणित गरिसकेको छ । दुई गुटको लडाइँबाट कांग्रेस मा बितृषणा पैदा गर्ने विभाजन गर्न नसके मतदाता र कार्यकर्तालाई निराशा बाट बिद्रोह गरायर सरकार वाला पार्टी तिर लैजाने योजना को सारथि बन्दै गएको छौ । त्यो अभ्यास एमाले र माओवादी मा पनि गर्ने लोकतन्त्र र देश लाई पराधिन बनाउने डिजाइन सफल गर्ने उद्देश्यलाई सायद तपाईं लगायत सबैलाई थाहा छ ।
राजनीति आत्मसम्मान र स्वाभिमानताका लागि गर्ने हो हाम्रो जस्तो लोकतान्त्रिक पार्टीले फरक मत र विचारको अस्तित्व लाई स्वीकार नगरे अरु बाट त्यो सम्भावना हुदैन । रास्वपाको भोट र चुनाव जित्ने तरिका देखेर पार्टीमा नेता कार्यकर्ता नचाहिने जनता भए पुग्ने देखासिखी देख्दा दया लागेर आउँछ । जब सम्म समाजका विभिन्न परीक्षा पास गरेका त्याग संघर्ष र योगदान भएको ब्यक्तित्व भएको संगठन कार्यकर्ता नेता नभएको पार्टी कांचको घर जस्तै हो सामान्य चोट बाट चक्नाचुर भयर समाप्त हुन्छ । संसारमा नेतृत्व बिना जनता ले मात्रै क्रान्ति संघर्ष परिवर्तन समवृद्धि र विकास भएको छैन । त्यो वैचारिक विचलन हो यो चुनाव को परिणाम मा विभिन्न पर्दा पछि का खेलहरु समय ले पुष्टि गर्ने छ ।
सभापतिज्यू, वार्ता संवादबाट स-सम्मान यो कठिन घडीमा पार्टीकाे बृहत् एकताको लागि कोशिस भइराखेको हुन सक्ने अनुमान गलत सावित हुनु दु:खद छ ।
१५औ महाधिवेशन गर्न त्यसको निष्पक्षता माथि प्रश्न उठनु विगत मा भै सकेको कृयाशिल सदस्यता नविकरन को स्वामित्व नलिनु सामान्य प्राविधिक विषयमा साझा विश्वास निर्माण नगर्नु को दोष कसको हो ? संस्थापन ले वार्ता टोलि समेत नबनायर बलमिचाइ ले सामाजिक संन्जालमा जवाफ आउनु ले पार्टी एकता मा गम्भीरता देखिदैन । विगत मा तत्कालीन नेतृत्व संग ट्याक्टिकल्ली धोका मा राखेर पार्टी कब्जा गरेको प्रमाणिात हुँदै गयको छ । आज सम्म को गतिविधि ले तिमीहरू को हो कांग्रेस मा आवश्यकता छैन जे गर्ने हो गर भन्ने खालको व्यबहार देखियको छ । १४औ महाधिवेशन बाट निर्वाचित कार्य समिति माथि गरियको छापामार शैली को दुर्व्यवहार राजनैतिक मानवीय कुनै पनि रूपमा ठिक छैन ।मेरो अन्तिम अनुरोध छ यो पार्टी निर्माण मा सबै को योगदान छ संघर्ष का लागि सबै कानुनी फोरम हुनुपर्छ भन्ने छैन हाम्रा अग्रजहरु जसले आज को देश सार्भभौमिकता र लोकतन्त्र को लागि पार्टी एकताको लागि गरेको त्याग र निर्देशन को कारण मात्रै हामी एक ठाउँमा रहेकोे छौ। इतिहास मा बाकी जे दुर्घटना हुन्छ त्यो नैतिक जिम्मेवारी सभापति ज्यु को कांध मा आउँछ ।
हिजो को नेतृत्व भन्दा लोकतान्त्रिक , न्यायिक , ब्यक्तिवादी गुट स्वार्थ बाट मुक्त ,ब्यक्ति भन्दा संगठन प्रधान , आधुनिक विचार बाट लैस कार्यकर्ता नेता भएको सस्क्त संगठन , घेरा बाट मुक्त नेता को खोजी अब को विकल्प हो नकि रास्वपा ले भनेको जस्तो पुरानो सबै खराव बस्तु विचार मान्छे सबै बिग्रारेको यिनैले भन्ने भ्रम । सभापति ज्यु अन्य कुनै निर्णय नभएको अवस्था सम्म तपाईंको ध्यान एकताबद्द कांग्रेस मात्रै मुलुक को लागि संन्जिवनी हो ।
उहीँ तपाईंको साथी
मान बहादुर नेपाली
हाल सुर्खेत



