काठमाडौं : नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले प्रधानमन्त्रीकाे विवादीत अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालकाे जवाफमा असन्तुष्टि जनाएकी छन् । उनले संसदमन कविता सुनाएर सरकारमाथि गम्भीर प्रश्न उठाइन् ।

उनले सदनमा सुनाएकाे कविता-

देश बिर्सिएको दिन

तिमीले देश बनाउँछु भन्यौ
म ढुक्क थिएँ
तर एकाएक
तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै
आफ्नै आमाको
अस्मितामाथि औँला उठायौ !

माटो छोएर कसम खायौ
तर
त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ
अनि आमाको महिमा गाइरह्यौ
तर सन्तान हुनुको कर्तव्य भुल्यौ
काख र कोखको माया बिर्सियौ !
त्यसैले आज म ढुक्क होइन
मेरो मन देशको चिन्ताले
ढुकढुक भैरहेको छ । ।

स्वार्थले प्रेरित भएपछि
सायद धेरै कुरा बिर्सन सकौला
तर नबिर्स
तिमीमाथि असीम भरोसा बोकेर
मतको भारी बिसाउने जनतालाई नबिर्स
जनता उभिएको माटोलाई नबिर्स
तिमीलाई आशिष दिने
ति बा–आमालाई नबिर्स ! ! !

यसरी बिर्सने सिलसिला बढ्दै गयो भने
एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ
र जुन दिन देश बिर्सिन्छौ
त्यो दिन
तिमि कस्को शासक बन्नेछौ ?
भन
त्यो दिन तिमि
कस्को शासक बन्नेछौ ?

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको