काठमाडौ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् । लामिछानेले आज बिहान ९ बजेका लागि समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन् ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको छ । कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलम सहभागी हुने कांग्रेस स्राेतले बताएकाे छ ।
कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहकाे नेपालले भारतकाे भूमी मिचेकाे भन्ने अभिव्यक्ति देश विराेधी भन्दै आपत्ती जनाउँँदै संसद अवराेध गरिरहेकाे छ भने रास्वपा त्यसकाे बचाउमा छ ।



