काठमाडौ :लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५–एफ, नेपालको चौथो डिस्ट्रिक्ट कन्भेन्सन २०८३ साल बैशाख ५ गते काठमाडौंमा आयोजना हुने भएको छ। उक्त कन्भेन्सन भृकुटीमण्डपस्थित पुलिस क्लबमा सञ्चालन हुनेछ, जहाँ देशभरका लायन तथा लियो सदस्यहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

यस कन्भेन्सनले संगठनको भावी दिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गरिनेछ। साथै, नेतृत्व विकाससम्बन्धी सत्र, सम्मान तथा पुरस्कार वितरण तथा आगामी वर्षका लागि नयाँ नेतृत्व चयनसमेत गरिने कार्यक्रम रहेको छ।

आयोजकका अनुसार सामाजिक सेवामा लायन्सको योगदानलाई अझ प्रभावकारी बनाउने विषयमा विशेष छलफल गरिनेछ। “We Serve” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सेवा, सहकार्य र समर्पणको भावनालाई अझ सुदृढ बनाउने लक्ष्य राखिएको छ।

कार्यक्रमलाई भव्य, सभ्य र अनुशासित रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भइसकेको मार्केटिङ को-अर्डिनेटर अर्जुन कार्कीले जानकारी दिएका छन्। क्याबिनेट सेक्रेटरी इन्द्र बहादुर कार्कीका अनुसार कन्भेन्सनले डिस्ट्रिक्टको भावी कार्यदिशा तय गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको