रविन कार्की । नेपाली राजनीतिमा बौद्धिकता, नैतिकता र कार्यदक्षताको त्रिवेणी मानिने नाम हो— डा. मिनेन्द्र रिजाल । उनी केवल एक राजनीतिज्ञ मात्र होइनन्, उनी त देशको नीति निर्माण गर्ने मस्तिष्क र गाउँको विकास बदल्ने सारथी पनि हुन् । उनै रिजाल अहिले मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट चुनावी मैदानमा छन् । स्थानीय मतदाताले रिजालको आगमनलाई मनैदेखि स्वागत गरेका छन् । डा. रिजाल त्यस्तो नेता हुन्, जसले सँधैं सुधारात्मक राजनीतिको वकालत गरेका छन् । उनको विचारको शक्तिले नै आजको नेपाली राजनीतिमा एउटा फरक पहिचान बनाएको छ । उनी राजनीति कुनै पद प्राप्तिका लागि होइन भन्ने मान्यता मात्र राख्दैनन्, नैतिकताको कसीमा पनि खरो उत्रिने साहस राख्छन् । पार्टीको आन्तरिक चुनावमा महामन्त्री पदमा पराजित भएपछि उनले तत्कालै रक्षामन्त्री पदबाट राजिनामा दिएका थिए । यसलाई नेपाली राजनीतिमा ‘नैतिकताको राजनीति’ को एउटा ठुलो उदाहरणका रूपमा लिइन्छ । उनको तर्क थियो— ‘यदि मेरो विचारलाई पार्टीका कार्यकर्ताले अनुमोदन गर्दैनन् भने म सरकारमा बसिरहनु उचित हुँदैन ।’ उसो त उनले २०७२ को संविधान निर्माणमा खेलेको भूमिका ऐतिहासिक छ । लोकतान्त्रिक मूल्य र समावेशितालाई संविधानमा संस्थागत गर्न उनको बौद्धिक हस्तक्षेप निर्णायक रह्यो ।

संसदमा वामपन्थीहरुको बहुमत हुँदा लोकतन्त्र र जनजीवीकाका पक्षमा लड्ने साहसी उनले गरेका प्रश्नले तत्कालिन सरकारलाई सामाना गर्न संकट पारेको नेपाली नागरिकको स्मृतिमा ताजै छ । संसदमा तथ्याङ्क र तर्कसहित सरकारलाई जवाफदेही बनाउन सक्ने उनी जत्तिको प्रखर वक्ता नेपालमा थोरै मात्र छन् । रिजाल आवाज विहीनहरुको आवाज मात्र होइनन्, उनी त विकासको अभियन्ता पनि हुन् । विचारले बाटो देखाउँछ, विकासले जीवन बदल्छ भन्ने मान्यता राख्ने डा. रिजालले आफ्नो क्षेत्रमा उल्लेख्य काम गरेका छन् । हुलाकी राजमार्गको निर्माण, रतुवा र बक्राहा खोलामा पक्की पुलहरूको निर्माण र गाउँगाउँ जोड्ने सडक सञ्जाल उनको विकास प्रेमी छविका प्रमाण हुन् । हरेक वर्ष डुबानको चपेटामा पर्ने मोरङको दक्षिणी भेगलाई जोगाउन बक्राहा र रतुवा तटबन्ध निर्माणमा उनको पहल स्थानीयले विर्सिएका छैनन् । शिक्षा र स्वास्थ्यमा पहुँच सामुदायिक विद्यालयको भौतिक सुधार र ग्रामीण स्वास्थ्य चौकीहरूलाई सुदृढ बनाउँदै उनले आधारभूत सेवालाई जनताको घरदैलोमा पु¥याउन पनि महत्वपूर्ण भूमिका खेलेका छन् । मोरङ क्षेत्र नम्बर २ त्यही क्षेत्र हो, जुन क्षेत्र ऐतिहासिक रूपमा गिरिजाप्रसाद कोइरालाको विरासतसँग जोडिएको छ । यस क्षेत्रको भौतिक पूर्वाधार, तटबन्ध र रोजगारीका समस्या समाधानका लागि रिजालको अनुभव र पहुँच प्रभावकारी हुन सक्छ ।

सेना समायोजन विशेष समितिको सदस्यका रूपमा रिजालले द्वन्द्व व्यवस्थापनमा कौशल देखाएका थिए । समावेशी र मिश्रित निर्वाचन प्रणालीको खाका कोर्नेमध्ये उनी पनि एक हुन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि स् नेपालको शान अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट विद्यावारिधि गरेका रिजाल नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय रुपमा पनि काविल नेता हुन् । उनी विश्व अर्थतन्त्र र राजनीतिको गहिरो ज्ञान छ । विगतमा विभिन्न मन्त्रालयमा रहँदा कार्यकुशलता देखाइसकेका रिजाल अहिले कांग्रेसले सरकार बनाउँदा अर्थमन्त्रालयलाई सही नेतृत्व दिनसक्ने नेताका रुपमा समेत जानकारहरुले चर्चा गर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको पक्षमा तर्कपूर्ण बहस गर्न सक्ने क्षमताले गर्दा उनलाई विदेशी राष्ट्रहरूले पनि सम्मानजनक रूपमा हेर्ने गर्छन् । शान्ति प्रक्रियादेखि संविधान कार्यान्वयनसम्मका जटिल मोडहरूमा उनले सधैं मध्यस्थकर्ताको सफल भूमिका निर्वाह गरेका छन् ।

हामीलाई यस्तो नेता चाहिएको छ, जो संसदमा हाम्रो अधिकारका लागि लडोस् र गाउँमा हाम्रो विकासका लागि खटोस् । डा. मिनेन्द्र रिजाल त्यही भरोसाको नाम हो । नेपालको संसदमा चर्का भाषण गर्नेभन्दा पनि तर्क, तथ्य र दूरदर्शी योजना प्रस्तुत गर्ने नेताको खाँचो छ । डा. मिनेन्द्र रिजालको जीतले नेपाली कांग्रेसभित्र मात्र नभई समग्र राष्ट्रिय राजनीतिमा पनि बौद्धिक र मर्यादित बहसको वातावरण निर्माण गर्न मद्दत पुग्ने देखिन्छ । फागुन २१ गते विवेकी मतदाताले रिजाललार्ई अत्याधिक मतले जिताउने नै छन् । संसदमा, सरकारमा र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली नेताको उपस्थिति अहिले प्रतिकूलता भोगिरहेका बेला सिंगै देशले खोजिरहेको छ ।

डा. मिनेन्द्र रिजाल नै किन ?

१. अनुभव र ऊर्जा : उनीसँग राज्य सञ्चालनको अनुभव र नयाँ पुस्ताको भावना बुझ्ने ऊर्जा दुवै छ ।

२. विकासको ग्यारेन्टी : क्षेत्रको बजेट विनियोजन र योजना कार्यान्वयनमा उनको पहुँच र पकड बलियो छ ।

३. स्वाभिमानी नेतृत्व : पदभन्दा ठूलो सिद्धान्तलाई मान्ने नेताले मात्र जनताको शिर सधैं उच्च राख्न सक्छ । रिजाल त्यस्तै नेता हुन् ।

हामीलाई यस्तो नेता चाहिएको छ, जो संसदमा हाम्रो अधिकारका लागि लडोस् र गाउँमा हाम्रो विकासका लागि खटोस् । डा. मिनेन्द्र रिजाल त्यही भरोसाको नाम हो । नेपालको संसदमा चर्का भाषण गर्नेभन्दा पनि तर्क, तथ्य र दूरदर्शी योजना प्रस्तुत गर्ने नेताको खाँचो छ । डा. मिनेन्द्र रिजालको जीतले नेपाली कांग्रेसभित्र मात्र नभई समग्र राष्ट्रिय राजनीतिमा पनि बौद्धिक र मर्यादित बहसको वातावरण निर्माण गर्न मद्दत पुग्ने देखिन्छ । फागुन २१ गते विवेकी मतदाताले रिजाललार्ई अत्याधिक मतले जिताउने नै छन् । संसदमा, सरकारमा र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली नेताको उपस्थिति अहिले प्रतिकूलता भोगिरहेका बेला सिंगै देशले खोजिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको