विराटनगर, मोरङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको नेतृत्व चयन गर्ने विषयलाई अत्यन्तै गम्भीरताका साथ लिन मतदाताहरूलाई आग्रह गर्नुभएको छ। मंगलबार मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकको जिम्मेवारी सुम्पिने कुरालाई तरकारीको स्वाद फेरेजस्तो सामान्य विषय नलिन टिप्पणी गर्नुभयो।

पछिल्लो समय राजनीतिमा देखिएको क्षणिक आवेग र चटपटे नाराले मात्रै निकास नदिने भन्दै शर्माले विवेकपूर्ण निर्णय लिन अपिल गर्नुभयो। सम्बोधनका क्रममा महामन्त्री शर्माले भन्नुभयो, ‘मुलुक कसको हातमा सुम्पिने भन्ने कुरा क्षणिक आवेगको भरमा गर्ने निर्णय होइन। यो राष्ट्रको भविष्यसँग जोडिएको विषय हो। भावनामा बगेर गरिने निर्णयले देशलाई सही दिशा दिन सक्दैन। उहाँले नयाँ राजनीतिक शक्ति र उनीहरूका नाराहरूतर्फ संकेत गर्दै राजनीतिमा अनुभव र परिपक्वताको विकल्प नहुने तर्क गर्नुभयो।

आवेग होइन, विवेकको प्रयोग गरौँ
सम्बोधनका क्रममा महामन्त्री शर्माले भन्नुभयो, ूमुलुक कसको हातमा सुम्पिने भन्ने कुरा क्षणिक आवेगको भरमा गर्ने निर्णय होइन। यो राष्ट्रको भविष्यसँग जोडिएको विषय हो। भावनामा बगेर गरिने निर्णयले देशलाई सही दिशा दिन सक्दैन।ू उहाँले नयाँ राजनीतिक शक्ति र उनीहरूका नाराहरूतर्फ संकेत गर्दै राजनीतिमा अनुभव र परिपक्वताको विकल्प नहुने तर्क गर्नुभयो।

चुनावी प्रतिस्पर्धालाई शत्रुताको रूपमा नलिन आग्रह गर्दै शर्माले लोकतान्त्रिक पद्धतिको सुन्दरता नै स्वस्थ प्रतिस्पर्धा भएको बताउनुभयो। शान्त, संयमित र तर्कपूर्ण बहसले मात्रै लोकतन्त्रलाई बलियो बनाउने उहाँको जिकिर थियो। मोरङका विभिन्न स्थानमा भएका चुनावी भेटघाटका क्रममा उहाँले कांग्रेसको नेतृत्वमा मात्रै संविधानको रक्षा र आर्थिक समृद्धि सम्भव भएको दाबी समेत गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको