दिपायल : नेपाली कांग्रेस डोटीले युवा नेता जितेन्द्र बिक्रम शाहीसहितका नेताहरुको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लाबाट शाहीको नाम सिफारिस गरिएको हो ।

व्यापार, खोज तथा अनुसन्धान, सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहेका शाहीले रसायनशास्त्रमा स्नातकोत्तर गरेका छन् भने बाताबरण अध्ययन पिएचडी गरेका छन् । उनले उम्मेदवार सिफारिस गरेकोमा जिल्ला समितिप्रति आभार व्यक्त गरेका छन् ।

‘ आजसम्म अविचलित रहि विगतमा अनवरत नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको त्रिचन्द्र क्याम्पसको एकाई, त्यस्तै त्रिवि किर्तिपूरको नेविसंघ एकाई र प्राविधिक तथा व्यवसायीक तालिम केन्द्र शिक्षालय दिपायलको परिषद अध्यक्षको रुपमा प्रत्यक्ष संलग्न रहि कार्य गरेको, बर्तमानमा नेपाली काङ्ग्रेस जनसम्पर्क समिति नर्वेको तीन कार्यकाल सभापति , महासमिति सदस्य भई जिम्मेवारी बहन गरिसकेको छु,’ उनले भने,‘अहिलेसम्म गरेको योगदानको मूल्यांकन गर्दै नाम सिफारिस भएको छ । पार्टीले न्याय गर्नेमा विश्वस्त छु ।’

शाही केआइ सिंह गाउँपालिका वडा नं ५ का स्थायी वासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर