रविन शर्मा । अहिलेको राजनीतिक परिवेशमा पुराना दलले केही गरेनन् अव नयाँदललाई रोज्नुपर्छ भन्ने एउटा भाष्य निर्माण गर्न खोजिएको छ तर, लोकतन्त्रमा दल आफैँमा पुरानो वा नयाँ हुनुभन्दा पनि त्यो दलले कस्तो व्यक्तिलाई अगाडि सारेको छ र उक्त व्यक्तिको क्षमता के हो भन्ने कुरा मुख्य हुन्छ ।
काठमाडौँ क्षेत्र नं. २ को विशिष्ट भूगोल र आवश्यकतालाई हेर्दा यहाँ मात्र नयाँ अनुहार होइन, यहाँको भूगोल बुझेको, शिक्षित, निष्कलंक र विज्ञ नेतृत्वको खाँचो छ । धेरै समयपछि आवश्यक र समय सापेक्ष कबिर शर्मा उमेदवार हुँदा नेपाली कांग्रेसबाट हुंदा उपयुक्त पात्र पाएको अनुभूति यस क्षेत्रमा धेरैजसो जनताले महसुस गर्न थालेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको सरगर्मी बढ्दै जाँदा काठमाडौँ क्षेत्र नं २ मा निकै चर्चामा छन्- कबिर शर्मा । उनको नाम उमेदवारका रूपमा टुंगिए पछि काठमाडौं क्षेत्र नं. २ का तर्फबाट बलियो दावेदारका रूपमा हेरिएको छ । शर्मा केवल एउटा राजनीतिक अनुहार मात्र नभई, यस क्षेत्रले लामो समयदेखि खोजेको सुसंस्कृत राजनीतिक अभ्यास गरिरहेको, शिक्षित, शालीन र विकासप्रेमी नेतृत्वको आशा लाग्दो किरण हुन् ।
कबिर शर्माको राजनीतिक यात्रा कुनै संयोग वा अचानकको उदय होइन, बरु १७ वर्षको उमेरदेखि नै त्रिचन्द्र क्याम्पसको जगबाट सुरु भएको एउटा निष्ठाको यात्रा हो । बीएस्सी पढ्दै गर्दा विद्यार्थी राजनीतिमा होमिएका उनले कहिल्यै अध्ययन र राजनीतिलाई अलग गरेनन् । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन-स्ववियुमा रहँदा विद्यार्थीको हकहितमा लडेका शर्माले पार्टीको आन्तरिक शक्ति संघर्ष र पदको लोभभन्दा सधैँ माथि उठेर काम गरे। उनले क्षेत्रका सबै तहका नेताहरूको सहयोगी बनेर पार्टीलाई एकताबद्ध बनाउन खेलेको भूमिका आज पनि यो क्षेत्रका पुराना तथा समकालीन नेता तथा कार्यकर्ताहरू स्मरण गर्छन् ।
शर्माको राजनीतिक जीवनको रोचक पक्ष के छ भने, उनी कहिल्यै पदको पछि दौडधुप गरेनन् । २०६२/६३ को जनआन्दोलनपछिको सक्रिय राजनीतिबाट उदाएका कबिर शर्माले संविधानसभा, आम निर्वाचन तथा स्थानीय तहका निर्वाचनहरूमा निरन्तर भूमिका निर्वाह गरे। कतिपय निर्वाचनमा सफलता हात परे, कतिपयमा अपेक्षित परिणाम नआए—तर कुनै पनि अवस्थाले उनको नेतृत्व, दृष्टि र उद्देश्यलाई विचलित गर्न सकेन। हार जितलाई राजनीतिमा स्वाभाविक र सिकाइको प्रक्रिया मानेर उनले हरेक चुनौतीलाई शक्ति र अनुभवमा रूपान्तरण गरे। परिणामको क्षणिक मूल्यांकनभन्दा माथि उठ्दै उनी अझ दृढ, अझ परिपक्व र अझ प्रतिबद्ध बनेर पार्टीलाई सुदृढ, संगठित र एकढिक्का बनाउने अभियानमा निरन्तर अग्रसर रहिरहे। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल हुँदै नेपाली कांग्रेसका सबै नर्सरीमा राजनीतिक यात्रा गरेका उनले आफ्नो भूगोलको राजनीतिलाई नै प्राथमिकता दिए, फलतः नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उनी सम्भवतः देशभरकै सबैभन्दा कान्छो उमेरको क्षेत्रीय सभापतिका रूपमा निर्वाचित भए ।
काठमाडौँ क्षेत्र नं. २ ले पछिल्लो समय परिस्थिति अनुकूलको राजनीतिक नेतृत्व विकास गर्ने कार्यमा सकारात्मक फड्को मारेको छ ।
राजनीतिमा अब्बल, इमानदार र निष्ठावान् व्यक्तित्वहरूलाई मूलधारमा जोड्दै आम नागरिकमा राजनीतिप्रति आकर्षण जगाउन यो क्षेत्र एकहदसम्म सफल भएको छ । विशेष गरी पुराना राजनीतिक दलहरूलाई समयसापेक्ष रूपान्तरण गर्न र सबै पुस्ताका नेताहरूलाई एकाकार गरेर लैजान यो क्षेत्र एउटा उदाहरणीय मार्गदर्शक बनेको छ । “पुराना दलहरूले युवालाई अवसर दिँदैनन्” भन्ने भाष्यलाई चिर्दै कबिर शर्माले यस क्षेत्रमा नयाँ आशा जगाएका छन् । स्पष्ट विचार र दुरदृष्टि बोकेर अग्रजहरूको अनुभव र युवाहरूको जोसलाई समेट्दै अघि बढ्न सके क्षमतावान युवाका लागि जुनसुकै दलमा पर्याप्त अवसर छ भन्ने सन्देश दिन शर्मा सफल भएका छन् । गतिशील र संस्कारयुक्त राजनीतिको जग बसाल्दै शर्माले काठमाडौँ क्षेत्र नं. २ लाई राजनीतिक रूपान्तरणको एउटा बलियो खम्बाको रूपमा स्थापित गर्न उल्लेखनीय भूमिका खेलेका छन् ।
भूगर्भशास्त्रमा एमएस्सी गरेका उनी एक अनुभवी भूगर्भविद् -जियोलोजिष्ट_ हुन् । मेलम्ची खानेपानी परियोजना र चमेलिया विद्युत परियोजना जस्ता राष्ट्रिय गौरवका आयोजनामा काम गरेको अनुभवले उनलाई देशको पूर्वाधार विकास र प्राविधिक आवश्यकताको गहिरो ज्ञान छ । काठमाडौँ क्षेत्र नं. २ को सर्वाङ्गीण विकास, शिक्षा, पर्यटन, शहरी विकास, रोजगारी, खानेपानी लगायतका आधारभूत समस्या समाधानका लागि कबिर शर्मा जस्तो प्राविधिक, व्यवहारिक विज्ञता भएको र जनतासँग घुलमिल भएको तथा सबैले सधैँ सहज पहुँच राख्न सक्ने उपयुक्त सांसद यस क्षेत्रले शायद अहिलेसम्म पाएको थिएन । त्यसकारण शर्मा यस क्षेत्रका लागि उपयुक्त प्रतिनिधि हुन् ।
शिक्षा र रोजगारीबीचको खाडललाई पुर्न तथा युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यका साथ उनले कान्तिपुर एकेडेमीको स्थापना गरी प्राविधिक शिक्षाको क्षेत्रमा एउटा महत्वपूर्ण जग बसालेका छन् । “शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई जीवन जिउने कला सिकाउने र उपयोगी हुनुपर्छ”भन्ने मान्यतालाई उनले व्यवहारमै उतारेका छन् ।
उनकै अथक पहलमा कागेश्वरी मनोहरा नगरपालिकाको सामुदायिक विद्यालयकामा पहिलो पटक कक्षा ९ देखि नै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (AI) र ’रोबोटिक्स’ को अनिवार्य कक्षा सुरु गरिएको छ । भविष्यको पुस्तालाई प्रविधिसँग जोड्ने यो दुरगामी कदमले उनलाई एक ‘भिजनरी नेताका रूपमा स्थापित गरेको छ । “पढाइसँगै कमाइ” को अवधारणालाई सार्थक बनाउन उनले चालेको यो कदम प्राविधिक शिक्षाको क्षेत्रमा कोसेढुङ्गा साबित भएको छ ।
काठमाडौं क्षेत्र नं.२ ले यस्तो प्रतिनिधि खोजेको छ, जो संसदमा नीति निर्माण गर्न पनि सकोस र सडकमा जनताको दुःखमा साथ दिन पनि सकोस्, यी दुबै क्षमता कबिर शर्मामा छ । उनलाई शुभकामना


