काठमाडौ : भाैतिक पूर्वाधार, शहरी विकास एवम् उर्जामन्त्री रहँदा कुलमान घिसिङले शुरू गरेकाे कामकाे परिणाम देखिन थालेकाे छ । तराई/मधेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा सीमामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएको छ ।

गत मंसिर ५ गते उक्त स्थानको स्थलगत निरीक्षण गर्दा मन्त्री घिसिङले १४ वर्षसम्म पनि कमला पुल नबन्दा नागरिकले भोग्दै आएको सास्ती, जोखिमपूर्ण यात्रा र सवारीसाधनलाई लामो रुट प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्ने बताएका थिए ।  सोही अवस्थालाई मध्यनजर गर्दै नदी रहेको स्थानमा ह्युम पाइप राखी अस्थायी रूपमा आवत–जावतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको थियो। निर्देशन मात्र होइन अहिले मन्त्री घिसिङकाे पहल कार्यान्वयन भएकाे छ ।

अस्थायी डाइभर्सन सञ्चालनमा आएपछि स्थानीय बासिन्दा र यात्रुहरूलाई ठूलो राहत पुगेको छ । साथै, १४ वर्षदेखि अलपत्र परेको ४६९ मिटर लम्बाइको कमला पुल पनि अहिले निर्माण सम्पन्न हुने चरणमा पुगेको छ। स्थानीयरूले वर्षाैदेखि राेकिएकाे पुलकाे कामले तिव्रता पाउँदा खुशी व्यक्त गरेका छन्

स्थलगत भ्रमणकै क्रममा पुल निर्माण तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन, नियमित अनुगमन गर्ने र काम सन्तोषजनक नभए ठेक्का तोड्ने स्पष्ट चेतावनी दिइएको थियो। रुग्ण ठेक्का तोड्ने चेतावनी, कडा अनुगमन र सक्रिय हस्तक्षेपकै कारण आज कमला पुल सपना हैन -यथार्थ बनेकाे छ । घिसिङ भाषण भन्दा  काम र  परिणाममा केन्द्रीय नेता हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर