धनकुटा: धनकुटाबाट नेपाली कांग्रेसकी जेनजी करूणा कटुवालकाे नाम समानुपातिकतर्फ सिफारिस भएकाे छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कटुवालकाे नाम सिफारिस गरेकाे हाे ।क टुवाल नेविसंघ केन्द्रीय सदस्य हुन् । धनकुटा कांग्रेस जिल्ला कार्यसमितिकाे बैठकले नवपुस्ताकाे प्रतिनिधिका रूपमा उनलाई समानुपातिकतरृफ उमेदवार सिफारिस गरेकाे हाे ।
भदाै २३ र २४ काे आन्दोलनपछि उनी कांग्रेसभित्र रूपान्तरण र युवाहरूकाे प्रतिनिधित्वकाे सुनिश्चितताकाे पक्षमा मुखरित हुँदै आएकी छन् । ` हाम्राे पुस्ताकाे प्रतिनिधित्व सुनिश्चितताका लागि मेराे नाम सिफारिस गर्ने पार्टी पंक्तिप्रति आभार व्यक्त गर्दछु,´ उनले भनिन्,` यसले कांग्रेसले जेनजीकाे भावना समेट्छ भन्ने पुष्टि गरेकाे छ । अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा मिलेकाे छ ।´
धनकुटाबाटै नेपाली कांग्रेसका महामन्त्री गगन थापाकाे नाम पनि प्रत्य्यक्षतर्फ सिफारिस गरिएकाे छ ।

