चितवनः नेपाली कांग्रेसका नेता, पूर्वमहामन्त्री डा. शशांक कोईरालाले महाधिबेशनका लागि समय कम भएको बताउनुभएको छ । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले महाधिबेशन गर्न कम्तिमा ३ महिनाको समय आबश्यक पर्ने बताउनुभयो ।
`समय कम भयो । महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचन पछि हुन्छ ,´ उनले भने । आफूले निर्वाचन पछि महाधिवेशन गर्ने भनेको भन्दै उहाँले पार्टीले निर्णय पुसका लागि गरेको भए पनि हुन्छ या हुँदैन भन्न नसक्ने बताउनुभयो । सबै महाधिवेशनमा जुट्नसके तोकेको समयमा महाधिबेशन हुने उहाँको भनाई छ । जेन–जी लाई समेत महाधिबेशनमा समेटेर लैजानुपर्ने उहाँले बताउनुभयो ।
महाधिवेशनमा उम्मेदवारीका सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, `सभापतिका लागि लड्ने भनेको छु । शेखर दाई र अन्य साथिहरु पनि इच्छुक हुनुहुन्छ । कुरा भईरहेको छ । सबै साथिहरुसँग सल्लाह हुँदै छ । तर, के हुन्छ हेरौ ।´ सबै मिलाएर सहमतिमानै महाधिबेशनमा जानु अहिलेको आबश्यकता रहेको उहाँले बताउनुभयो । डा. शशांकले १५ ओै महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहनुभएकाे छ ।

