काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक पटक पटक स्थगित गर्नुपरेकोमा माफी मागेका छन्।
सर्वसम्मत निर्णय गर्न भन्दै पटक पटक केन्द्रीय समिति बैठक सारिएपछि कांग्रेसमा नेतृत्वको आलोचना भइरहेको छ।
शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि आइतबारका लागि सारिएपछि आलोचना भएको हो।
कार्यवाहक सभापति खड्काले बिहीबार बेलुकी सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै केन्द्रीय समिति बैठक पटकपटक सार्नुपरेकोमा माफी मागेका छन्।
‘केन्द्रीय समिति बैठक सारेकोमा सबैसँग माफ पाऊँ। गाली सबैले मलाई गर्नुस्, जसले गाली गर्न डिजर्भ गर्नु हुन्छ,’ खड्काले भनेका छन्, ‘जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु, म कार्यवाहक रहेसम्म।’



