ई. अमृत ज्ञवाली । म मान्दै मान्दिँन नि । सभापती शेरबहादुर देउवालाई सत्तो सराप गरेर काङ्रेस खत्तम भन्ने कुरा मान्दिँन । नबिर्सिनु देउवा विधि प्रक्रियाबाटै कांग्रेसकाे सभापति भएका हुन , मुलुकको प्रधानमन्त्री भएका हुन् ।

गगन थापालाई अनेकन आरोप लागाएर , उनको हरसम्भब कोशिस र खबरदारी बिर्सेर केही गरेन गगनले भन्ने आरोप मान्दै मान्दिँन । गणतन्त्रको जग बसाल्ने आन्दोलनको सडक नायक हुन , मुलुकको सम्मुन्नतीको स्वप्नशिल र गतिशिल नेता हुन् । नेपालको भविष्य हुन ।

कोइरालाहरुको कुरा ईतिहास हो , अब बिपी भनेर कहाँ हुन्छ ? के लेख्छौ बेकार ? को बुझ्छ ? को पढ्छ ? भनेर म नलेखी मान्दिँन । कांग्रेसकाे इतिहास मुलुक कै इतिहासको समीकरणमा कोइराला परिवारको उपस्थितिलाई शुन्य अंक दिने हो भने कस्तो हुँदो हो ??

तन्नेरीहरु हो , सत्य हो कांग्रेस नेतृत्व चुकेको हो , याबत कमजोरी गरेकै हो । हामी गल्ती स्वीकार मात्र गर्दैनौ , यस्को बिरोध गर्ने कित्तामा तिमी सङ्गै हुन्छौ नि । बुझ्नु कांग्रेसमा तन्नेरीहरुको पनि बाक्लो उपस्थिती छ ।

तिमिलाइ रबिले गर्लान , बालेनले गर्लान , कुलमानले गर्लान भन्ने लागेर जसरि बुरुक बुरुक उफ्रेर दनक दिँदै छौ नि त्यो पनि स्विकार छ । यिनले भबिष्यमा अति राम्रो गर्छन भन्ने तिम्रो बिश्वासलाई हामी सराप्दैनौ नि ।

अब अलिकती सुन :

गगन थापाका अगाडि बुम तेर्साएर प्रश्न सोधेकाहरुलाई सोध , ७५३ मध्य एउटा स्थानिय तहको मेयर बालेन शाह सङ्ग कति प्रश्न गर्न पाएका छौ ? कति भएको छ सबाल जबाफ ? गगन थापा गएको दुई दशक देखि हरदिन परिक्षा दिइरहेछन ।

शेर बहादुर देउवाको योग्यता , क्षमता र योगदान माथी खिसिटिउरी गर्नेहरुलाई सोध निकोलस भुसालसँगको दोस्ती र तिनका बच्कना कमेडीहरुमा कस्तो मज्जा आउदै छ ? नयाँका नाममा रिपोर्टस क्लबमा यिनिहरुको जग हसाइ कस्तो छ ?

शेखर कोइरालाको योग्यता लाई आयोग्यता मान्ने हरु हो , मनिष झा लाई सोध्नु स्वर्णिम वाग्लेको भन्दा डि पि अर्यालको योग्यता र क्षमता के हो ?

र अझै सोचेर र सोधेर भनिदेउ यार : अहिले जेन जी मुभमेन्ट पछि कर्मचारी हरुको सोझै कठालो समात्न जाने नौ जबानहरुको सरकार छ कि काङ्रेसको सरकार छ मुलुकमा ?

यति पढेपछि मस्तले गालीगलौज गर्नु । हामी काङ्रेसमा परिवर्तनको समय कुरेर बसौला । हराइदिन्छौ भन्ने इरादा होला , बरु हारिदिन्छु । तर कसै गरि मानिदैन “पपुलिस्ट” राजनीति ।कसै गरि मानिने छैन ।

(ज्ञवाली कांग्रेस महासमिति सदस्य हुन् )

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर