काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले निर्वाचनअघि नियमित महाधिवेशन नगर्ने भए विशेष महाधिवेशनमा जान प्रस्ताव गरेका छन् । पार्टीभित्र महाधिवेशनकाे बहस चलिरहँदा उनले यस्ताे बताएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय गर्न अब ढीलाई गर्नु नहुने उनले बताए । `यो विषम परिस्थितिमा पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्ने समय हो । तसर्थ पार्टीका ५४% महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी माग गरेको (निर्वाचन फागुन २१ अगाडि )नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गर्नुपर्छ,´ उनले भने । यदि निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न नसक्ने हो भने विशेष महाधिवेशन गरी केन्द्रीय कार्यसमितिको नयाँ संरचना, पार्टीको नीतिगत परिमार्जन र कार्यक्रमसहित नयाँ ढंगबाट पार्टी अगाडि बढ्नु पर्ने आजको आबश्यकता रहेकाे उनले बताएका छन् ।



