काठमाडौं ; नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक काेइरालाले निर्वाचन अहिलेकाे प्राथिमकता भएकाे बताउनुभएकाे छ । उहाँले फागुन २१ गतेका लागि निर्वाचन घाेषणा भइसकेकाे अवस्थामा निर्वाचनलाई प्राथमिकतामा राखेर महाधिवेशनमा ध्यान दिनुपर्ने बताउनुभयाे । महाधिवेशनकाे अहिले जारी बहस सहमतिमा टुंगाे लगाउँदै पार्टीलाई एकतावद्द गर्नुपर्नेमा उनकाे जाेड छ ।

संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशनकाे विषय उठाएकाे सन्दर्भमा पूर्वमहामन्त्री काेइरालाले निर्वाचन प्राथमिकताका राखेर अघि बढ्नुपर्ने बताउनुभएकाे छ ।
पूर्वमहामन्त्री कोइरालाले केन्द्रीय समिति बैठकमा पनि सर्वसम्मत पक्ष र विपक्षमा मतभेद सिर्जना गर्नुभन्दा केन्द्रीय समितिबाट सर्वसम्मत निर्णयमा जोड दिएका थिए। उनले विशेष महाधिवेशन माग गर्नेहरूको भावना समेटेर नियमित महाधिवेशनमा जानुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर