काठमाडौं : नेपाली कांग्रेसक नेतृ अम्बिका चलाउनेले गुट गुटकाे अलग भेला गरेर  नेतृत्वलाई गाली गर्नु भन्दा महासमिति बैठक बोलाएर निर्णय गर्नु उचित हुने बताएकी छन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकी सहमहामन्त्री चलाउनेले पछिल्लो समय नियमित कि विशेष महाधिवेशन भन्ने विवादतर्फ लक्षित गर्दै यस्ताे बताएकी हुन् । उनले आफूहरू पार्टीको संस्थागत निर्णयकाे प्रतिक्षामा रहेकाे पनि बताइन् ।

`एकताबद्ध कांग्रेस चुनाबमा जानुपर्छ । यो बिषम परिस्थितिमा केन्द्रिय समिति रूमलिएको देखियो टिम टिमका भेला बोलाएर नेतृत्वलाई गाली गर्नु भन्दा महासमिति बैठक बोलाएर निर्णय गर्नु उचित हुन्छ सहमहामन्त्री चलाउनेले भनेकी छन् , `सभापति शेर बहादुर देउवालाई सरापेर मात्र नहुने रहेछ निर्णय क्षमता त उनकै रहेछ नि है । विश्वास गरौ आज कांग्रेसको बैठकले सर्वसंम्मत निर्णय गर्नेछ पार्टी एक ढिक्का बनाउनेछ ।´

केन्द्रिय समिति अनिर्णयको बन्दी बनाइनु नहुने भन्दै चुनाब अघि महाधिवेसन गर्ने गरि कार्यतालिका आउदा राम्रो हुने पनि उनले बताइन् । ` बिचार र सिद्धान्तमा केही समस्या छैन समस्या पद प्राप्तिको हो र पदमा भएकाहरू भन्दा हामी राम्रो गर्छौ भन्ने धेरै लाई लागेको छ अधिवेसनले नया नेतृत्व चयन गर्ला नयां उर्जाका साथ चुनाबमा जान सकिन्छ,´ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर