काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की संयुक्त शहर तथा स्थानीय सरकार एशिया-प्रशान्तका लागि परिषद् सदस्य निर्वाचित भएका छन् । कोरियाको गोयाङमा सम्पन्न १०औँ सम्मेलनबाट कार्की निर्वाचित भएका हुन् ।
उनकाे कार्यकाल २०२५-२०२७सम्म हुनेछ । कार्की नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।




