काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता माधव सापकाेटा सुबाेधले नेत्र विक्रम चन्द विप्लवलाई पार्टी एकताका लागि प्रस्ताव गरेका छन् । विप्लवले निर्वाचनमा भाग लिने भन्दै दल दर्ता गरेपनि सुबाेधले यस्ताे प्रस्ताव गरेका हुन् ।

उनले विगतमा माओवमदी विभाजनकाे सन्दर्भ चर्चा गर्दै अब पार्टी एकता गरेर अघि बढ्न आव्हान गरेका हुन् । ` कमरेड, तपाईंको यो कदममा अन्य भित्री चालबाजी छैन र तपाईंले नै भने जस्तै ‘समग्र सङ्घर्षको मोर्चा’ को रूपमा इमानदारीपूर्वक आत्मसात् गरेको हो भने त्यो मोर्चा त्यतिबेला मात्र सफल र सम्भव छ, जतिबेला नेपालमा बलियो कम्युनिस्ट केन्द्र निर्माण हुन्छ। त्यसैले विलम्ब नगरी तत्काल पार्टी एकता गरौं´, उनले भने ।

सुबाेेधले लेखेका छन्-

कमरेड विप्लव, लालसलाम !
ब्यालेटको मोर्चा स्वीकार गर्दै दल दर्ता गर्नुभयो। बुलेट कि ब्यालेट भनेर तपाईं हामीले लामो र गम्भीर बहससमेत गर्‍यौं। अन्ततः विचार मिलेन, पार्टी विभाजित भयो। तत्कालीन स्थितिमा रूप पक्षमा तपाईंभन्दा सिनियर कमरेडहरू अरुनै देखिए पनि सारमा तत्कालीन विभाजनमा तपाईं करिब निर्णायकजस्तै भूमिकामा हुनुहुन्थ्यो। तत्कालीन विभाजनमा तपाईंसँगै रहनुभएका कमरेडहरूको ठूलो हिस्सा विभिन्न चरणमा त्यही निर्णय गरेर हाल माओवादी पार्टीमा सक्रिय हुनुहुन्छ।
कमरेड, तपाईंको यो कदममा अन्य भित्री चालबाजी छैन र तपाईंले नै भने जस्तै ‘समग्र सङ्घर्षको मोर्चा’ को रूपमा इमानदारीपूर्वक आत्मसात् गरेको हो भने त्यो मोर्चा त्यतिबेला मात्र सफल र सम्भव छ, जतिबेला नेपालमा बलियो कम्युनिस्ट केन्द्र निर्माण हुन्छ। त्यसैले विलम्ब नगरी तत्काल पार्टी एकता गरौं।
धन्यवाद ! लालसलाम !
१२ कार्तिक २०८२

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर