काठमाडौं : नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले वर्तमान सरकारले देशलाई निकास दिनेमा शंका उत्पन्न भएकाे भन्दै संघर्षकाे चेतावनी दिएका छन्। सरकारकाे गतिविधि चुनाव केन्द्रीत नभएकाे पनि उनले बताएका छन् ।

`चुनाव गराउने कार्यादेश पाएको सरकारको गृहमन्त्रीले हराएको हतियार र फरार भएका कैदीबन्दीलाई नियन्त्रणमा लिएर शान्तिसुरक्षा र निर्वाचनको वातावरण बनाउनुको सट्टा स्वयं हतियारको जिम्मा पार्टीले लिनुपर्छ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिनुहुन्छ । २४ गतेको घटनामा भएका हिंसा र तोडफोडमा फौजदारी कसुर आकर्षित भएर तत्काल कारवाही गर्न मिल्ने हुदाहुदै तत्कालका लागि पक्राऊ नगर्नु भनेर परिपत्र जारी गर्नुहुन्छ। पूर्वमन्त्री दीपक खड्का अमेरिका भागेको अफवाह स्वयं गृहमन्त्री फैलाउनुहुन्छ र एक पछि अर्को प्रतिशोध साध्छ,´अध्यक्ष शेर्पाले लेखेका छन् ।

सरकारको यस्तो रवैयाले कसरी सर्वपक्षीय विश्वास र निर्वाचनको वातावरण बन्न सक्छ? भन्दै उनले प्रश्न उठाएमा छन् । `वर्तमान सरकारले चुनाव गरेर देशलाई निकास दिने नियतमाथि आज प्रश्नचिन्ह खडा भएको छ। सरकार जिम्मेवारीका साथ अगाडी नबढेको खण्डमा नेपाल विध्यार्थी संघ संघर्षमा उत्रन बाध्य हुनेछ,´ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर