काठमाडौं :नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकाे जिम्मेवारी दिइएकाे छ । देउवा निवासमा साेमबार साँझ बसकाे शीर्ष नेताहरुकाे बैठकमा खड्कालाई कार्यवाहक सभापति दिन देउवा राजी भएका हुन् ।

आज पार्टी कार्यालय सानेपा बसेकाे केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिकाे जिम्मेवारी ताेकेकाे हाे ।

खड्कालाई कार्यवाहक सभापतिकाे जिम्मेवारी सुम्पिएर देउवा सिंगापुर जाने तयारी छन् । भदौ २४ गते अपराधिक जत्थाकाे भाैतिक आक्रमण व्यहाेरेका देउवा दम्पतीले सिंगापुरमा थप उपचार गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको