काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाको सचिवालयले सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभनपतिकाे जिम्मेवारी माग नगरिएकाे दाबी गरेको छ ।नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्यवाहक नमागिएको दाबी गरेका हुन् ।

हिजो (शनिबार) देउवासँग भएको भेटवार्ताका क्रममा शेखरले कार्यवाहक दिन आग्रह गरेको खबर अनलाइन खबरमा प्रकाशित भएकाे थियाे । साे समाचारकाे समेत सचिवालयले खण्डन गरेकाे छ ।

हेर्नुस् विज्ञप्ति 

बिज्ञप्ती

२०८२ असोज २६ गते, आइतबार प्रकाशित अनलाइनखबरमा ‘देउवासँग शेखरले कार्यवाहक मागेको दाबी’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त समाचारमा संस्थापन पक्षको नाम लिएर उल्लेखित कुराहरु पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित छन् । समाचारमा उल्लेख गरिएका बिषयहरूमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्न चाहन्छु ।

जिम्मेवार सञ्चार माध्यमले समाचार प्रकाशित गर्नु अघि कम्तिमा सूचना परीक्षण (fact verification) गर्ने पत्रकारिताको न्यूनतम आचारसंहिताको पालनाका लागि अनुरोध समेत गर्दछु ।

दिनेशचन्द्र थपलिया
स्वकीय सचिव
२०८२ असोज २६

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको