
काठमाडौं : जेेनजी आन्दोलनपछि विवादमा आएकाे बारबरा फाउन्डेसनका सदस्य गाेविन्द पाेखरेलले बारबरा फाउन्डेसनका आलाेचना गर्नेहरू दुई काैडीका बतासे भएकाे आराेप लगाएका छन् । जेेनजी आन्दोलन हाइज्याक गरेकाे भनी आलाेचना खेपिरहेकाे हामी नेपाल नामक संस्थासँगकाे सहकार्यकाे विषयलाई लिएर अहिले विभिन्न टिप्पणी भइरहेकाे छ ।
बारबरा फाउन्डेसनका सदस्य पाेखरेलले साे टिप्पणीलाई लिएर पछिल्लो समय आइरहेका समाचारतर्फ लक्षित गर्दै आक्राेस पाेखेका हुन् । उनले बारबरा फाउन्डेसनका प्रमुख सन्दुक रूइतलाई भेटेकाे भन्दै लेखेकाे स्टाटसमा फाउन्डेसनबारे आएका समाचार लेख्नेलाई दुई काैडिकन बतासे, कामचाेर विज्ञ/पत्रकार भनेका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्-
आज डा सन्दुक रूईतलाई भेटियो।दुई कौडिका बतासे, कामचोर बिज्ञ/पत्रकार आदिका mediaमा fake newsलाई हेरेर निराश नहुन अनुरोध गरियो।नेपालमै बिकसित देशकै गुणस्तरमा लेन्स उत्पादन र देश एवं बाहिर हजारौको ॲाखाको उपचार गर्न नछोडौ।भ्रष्टाचारवारे कलम चलाउनेलाई पनि पुरस्कार दिईराखौ, हामी साथ छौ।