काठमाडौं : पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउपाका भाइ भूषण राणाकाे घरमा प्रहरीले छापा मारेकाे छ । राणा पूर्वप्रधानमन्त्री देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् । देउवा प्रधानमन्त्री हुँदा र कांग्रेस सरकारमा रहँदा भूषण हाबी हुने गरेकाा चर्चा चल्दै आएकाे थियाे ।

आरजुले विभिन्न डिलमा भुषणलाइ सहभागी गराउने गरेकाे भन्दै  उनकाे घरमा छािम मारिएकाे र केही सामान बरामद गरिएकाे प्रहरी  स्रोतले जनाएको छ । स्राेेतका अनुसार सिआइबीले देउवा र आरजु दुवैका स्वकय सचिवकाे बैंकखाता र आर्थिक काराेबारमा पनि निगरानी गरिरहेकाे छ ।

सिआइबीका अनुसार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति खोजबिन गर्न अलग टोली बनएको तथा ओलीका नातेदार , नजिकका नेताहरु र आफन्तका घर तथा चल अचल सम्पत्ति जांच गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर