काठमाडौं : बारबरा फाउन्डेनसका संस्थापक सदस्य रहेका पत्रकार जगदीश खरेल सञ्चारमन्त्रीमा सिफारिस भएका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्कीले नाम सिफारिस गरेका ५ मन्त्रीमध्ये खरेल पनि एक हुन् । उनकाे आज सपथकाे तयारी रहेकाे बुझिएकाे छ ।
सन्दुक रूइत प्रमुख रहेकाे बारबरा एडम्स फाउन्डेसन जेनजी आन्दोलनपछि चर्चामा छ । जेनजी आन्दोलनकाे नेतृत्व दाबी गरेका हामी नेपाल नाम संस्थाकाे दाता संस्थामध्ये बारबरा फाउन्डेन पनि एक रहेकाे सुदन गुरूङले बताएका छन् ।

प्रधानमन्त्री कार्कीले स्वयं रूइतलाई मन्त्री बन्न गरेकाे आग्रह भने अस्विकार गरेका थिए । तर, साेही फाउन्डेसनसँग जाेडिएका खरेल मन्त्री सिफारिस भएका छन् भने माेहना अन्सारीकाे नाम पनि चर्चामा छ ।



