काठमाडौं : राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले
पार्टीमा पनि जेनजी र युवा पुस्ताले विद्रोह नगरे पुनर्गठन र रूपान्तरण हुने सम्भावना नदेखिएको बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वाग्लेले पुराना पार्टीका प्रमुख नेतृत्वमाथि प्रश्न पनि उठाएका छन् ।
`जेनजी जनविद्रोह भएको १२ दिन भइसक्यो तर पुराना पार्टीको प्रमुख नेतृत्वले अझै पनि चेतेको देखिएन । न क्षमा याचना,न राजीनामा,´उनले लेखेका छन्,`पार्टीमा पनि जेनजी र युवा पुस्ताले विद्रोह नगरे पुनर्गठन र रूपान्तरण हुने सम्भावना देखिएन ।´
वाग्लेले पुराना पार्टीका नेता-कार्यकर्ता मलामी जाने कि नयाँ पार्टी बनाउन नेत्तृत्व गर्ने ? भन्दै प्रश्न पनि गरेका छन् ।



