काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महामन्त्री पद त्याग गर्ने संकेत गरेका छन् । आज फेसबुकमा लामाे स्टाटस लेख्दै थापाले पार्टीमा सुधारका लागस महामन्त्री पद त्याग गर्न तयार रहेकाे बचाएका हुन् । जेनजीकाे आन्दोलनका कारण अहिले कांग्रेस भित्र वृद्ध शीर्ष नेताहरूकाे विकल्प खाेज्नुपर्ने चर्चा चलिरहँदा थापाकाे यस्ताे भनाई आएकाे हाे ।

कांग्रेस महामन्त्री गगन थापाले भनेका छन् ,`पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ। यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल शुरू गरौं। स्वीकार गरौं-गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममुल्याङ्कन र आत्मसंकल्प गरौं।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर