काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री नियुक्तिको सिफारिस गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री कार्कीले आज साँझ तीन जनालाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेेकी हुन् ।

पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा सिफारिस गरिएको हो ।

खनाललाई अर्थ, अर्याललाई गृह र कानुन तथा घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

उनीहरूकाे सपथ भोलि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर