काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई उज्यालाे नेपाल अभियानका संयाेजक कुलमान घिसिङले बधाइ दिएका छन् । उनले आज फेसबुकमार्फत कार्कीलाइ बधाइसहित सरकारलाई सफलताकाे शुभकामना व्यक्त गरका छन् ।
उनले लेखेका छन्-
सम्मानीय प्रधानमन्त्री शुशिला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक वधाई व्यक्त गर्दछु । देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको छ । देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नु पर्छ । जेन्जी पुस्ताले शुरू गरेको आन्दोलनको माग र आकांक्षालाई सम्वोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व हो । सरकारलाई सफलताको कामना व्यक्त गर्दछु ।



