काठमाडौ : संसद विघटन गर्ने आफ्नाे माग पूरा भएपछि सुशीला कार्की अन्तरिम सरकारकाे प्रमुख हुन तयार भएकी छन् । शितल निवासमा भएकाे लामाे छलफलमा राष्ट्रपति रामचन्द्र पाैडेलले संसद जाेगाएर अघि बढ्न गरेकाे आग्रह उनले अस्विकार गरेकी थिइन् ।

शितल निवास स्राेतका अनुसार संंसद विघटनलगत्तै उनलाई सपथ गराउने तयारी छ । ०६२/६३ काे जनआन्दोलनपछि भने राजाले विघटन गरेकाे संसद पुनःस्थापन गरेर निकास खाेजिएकाे थियाे । सुशीलाले जिम्मेवारी सम्हालेपछि उनी सरकारकाे नेतृत्व गर्ने पहिलाे महिला हुनेछिन् ।

उसाे त यसअघि प्रधानन्यायाधीश खिलराज रेग्मीले पनि मन्त्रिपरिषद् अध्यक्षकाे जिम्मेवारी लिएर संविधानसभाकाे निर्वाचन गराएका थिए । कार्कीलाई पनि निर्वाचन गराउने जिम्मेवारी छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर