काठमाडौं : उज्यालो नेपाल अभियानका संयाेजक कुलमान घिसिङ पनि अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व तयार भएका छन् । घिसिङका सचिवालय स्रोतका अनुसार घिसिङसँग जेनजी समूह, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौं महानगरका मेयर बालेन शाहले छलफल गरेका छन् ।
घिसिङका सचिवालय स्रोतका अनुसार घिसिङसँग जंगीअड्डामा प्रधानसेनापति सिग्देलले बुधबार (आज) छलफल गरेका छन् । यसैगरी उनी काठमाडौं महानगरका मेयर शाहसँग यसअघिदेखि नै निरन्तर सम्पर्कमा रहेको बताइन्छ ।
जेनजी समूहको भर्चुअल छलफलहरूमा घिसिङलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेका छन्।



