सुलभ खरेल। सर्वोच्च अदालत जल्दै गर्दा तपाईंको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन। नेपाल बार भवन जल्दै गर्दा पनि तपाईंको आँखा रसाएको होला, तर मेरो आँखा एक रत्ती रसाएको छैन। किनकि, त्यही अदालत र त्यही बारमा म शेरबहादुर र के.पी. ओलीका अनुहारहरू पटक-पटक देख्ने गर्छु । यीनिहरू मेरो आँखामा संवैधानिक चोरहरु हुन्! साच्चिकै संवैधानिक फटाहाहरु हुन् ।

अदालतलाई कब्जा गर्ने, बारलाई विकृत गर्ने, अनि जनताको अधिकार चुरोटजस्तै चुस्ने, राजनीतिक स्वार्थमा फैसला भनेर आफ्ना देउताको स्वार्थ अनुकुल निबन्ध लेख्ने यी नेतृत्वहरू नै आजको संकटका मुख्य जिम्मेवार हुन्। अब Gen Z सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशहरुको तथा नेपाल बार र मातहत बारहरुको सामुहिक राजीनामा माग्दछ र परिक्षाबाट मात्रै न्यायाधीश नियुक्तिको जोडदार माग राख्दछ ।

अब न्यायालयको भविश्य अवश्य सुलभ खरेलले लेख्नेछ । नेपालको न्यायालयको जय होस् । विकृति न्यायालय एक रत्ती चाहिदैन ।

( खरेलकाे फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर