काठमाडौं :नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले अबोध युवाहरूको अमूल्य जीवनको निर्मम समाप्ति असहनीय भएको उल्लेख गरेका हुन्।
उनले भने, ʻजेनजीसहितको नवीन राष्ट्रिय सहमति निर्माण गरौँ। सबै उच्च नेतृत्वको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग र भ्रष्टाचारका प्रत्येक मुद्दामा कठोर कानुनी कारबाही सुनिश्चित गरौँ !ʼ
जेनजी प्रदर्शन हिंसात्मक भएपछि रमेश लेखकले गृहमन्त्री र रामनाथ अधिकारीले कृषि तथा पशुपक्षी विकासमन्त्रीबाट राजीनामा दिएका छन्।



