काठमाडौं : नेपाल लोकतान्त्रिक इञ्जिनियर्स एसोसियसन (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी धनेन्द्र केसीलाई पराजित गरेका हुन् ।
झा नेपाली कांग्रेस सस्थापन पक्षधर हुन् भने केसीलाई शेखर कोइराला र महामन्त्री गगन थापा समूहकाे समर्थन थियो । झा यसअघि नेपाल इञ्जिनियर्स एसोसियसनका पूर्व महासचिव समेत हुन् ।
त्यस्तै, महासचिव झा प्यानलकै सुदर्शन शर्मा र कोषाध्यक्षमा सुजित कोइराला पनि निर्वाचित भएका छन् ।
पार्टीको संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवारबाट बनेका झाले १३१५ मत पाउँदा संस्थापनइतरबाट अध्यक्षका प्रत्यासी केसीले १००२ मत पाए । नवनिर्वाचित कार्यसमितिमा अधिकांश संस्थापन पक्षको प्यानलबाट प्रतिस्पर्धा गर्नेहरु छन् ।
उपाध्यक्षमा निर्वाचित मदन पुरीले १२८० मत ल्याए । महासचिवका लागि प्रतिस्पर्धी रहेका तीन मध्ये झाको प्यानलबाट उम्मेदवार बनेका सुुदर्शन शर्माले ११७४ मत ल्याएर निर्वाचित भए । महासचिवमा भूपेन्द्र श्रेष्ठले ९०२ र कुलराज खनालले २३५ मत पाए । उपमहासचिवमा खगेन्द्र अवस्थी निर्वाचित भए ।



