काठमाडौं : अशाेककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा रहेका आफ्नाे मन्त्री फेरबदल गर्ने भएकाे छ । जसपाले खानेपानी मन्त्री रहेका प्रदिप यादव र महिला,बालबालिका तथा समाज कल्याण मन्त्री नवलकिशाेर साहलाई सरकारबाट फिर्ता बाेलाउने निर्णय गरेको छ ।
जसपाले महिला मन्त्रीमा रन्जु झा र खानेपानी मन्त्रीमा वीरेन्द्र महताेलाई पठाउने निर्णय गरेकाे छ। झा यसअघि संसदीय समितिकाे सभापति भइसकेकी छन् । पार्टीले फिर्ता बोलाएका यादव र सुडीले यही भदौ ११ गतेभित्र राजीनामा दिने छन् । यसपछि मन्त्रीका लागि नाम सिफारिस भएका महतो र झालाई सरकारमा सहभागी गराउने तयारी जसपाको छ ।



