काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको मधेस प्रदेश कमिटीकाे बैठक महोत्तरीको बर्दिवासमा सप्पन्न भएको छ । बैठकको अध्यक्षता संघका केन्द्रिय सचिब माधब प्रसाद यादवले गरेका छन् । बैठकले प्रदेशका जिल्लाहरुको संगठनात्मक अवस्था र प्रदेश भेला बारे छ्लफल गरेका छन ।

बैठकले मधेस प्रदेशका सबै जिल्लाहरुमा कमिटी गठन गर्दै असोज २५ गते सर्लाहीमा प्रदेशको बृहत भेला गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष माधव यादवले बताएका छन्।

बैठकमा संघका उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज अनील पटेल, अनुशासन आयोग प्रमुख शैलेन्द्र यादव, लेखा उपप्रमुख भोजराज हुमागाई सहित ७ जिल्लाका उपलब्ध केन्द्रिय सदस्यहरु र जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा प्रथम बैठक गरेका थिए ।

बर्दिवासको चिया चौतारीमा सम्पन बैठकले पार्टी आन्दोलनमा प्रतिबद्ध र संगठनमा क्रियाशिल, सक्रिय युवा, युवा संघका केन्द्रिय सदस्य दिपेश अधिकारी दुर्घटनामा परेकोमा स्वाथ्य लाभको कामना समेत गरेका छन् ।

युवा संघ नेपालमा रोशन थापा र सन्जिप राई नेतृत्वको समानान्तर गतिविधि चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर