काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको साेमबार सम्पन्न पदाधिकारी बैठकले सन्जिप राईको नेतृत्वमा नौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । बैठकले ३९ पदाधिकारी सहित २२१ सदस्य कमिटी घोषणा गर्दै जिम्मेवारी तोकेको छ ।
बैठकको निर्णयलाई सर्कुलरमार्फत जारी गर्दै बागमती प्रदेशबाट उपमहासचिवमा विशाल लामा (काठमाडौं ), सचिबहरुमा बाशु भण्डारी (दोलखा), विशाल तामाङ (सिन्धुली), निर्वाचन आयोग अध्यक्षमा सन्जिप लामिछाने (चितवन) र लेखा आयोग अध्यक्षमा सिजन तामाङ (काभ्रेपलान्चो ) सहित ३९ सदस्यहरुलाई केन्द्रिय नेतृत्वमा जिम्मेवारी दिएको छ । सो क्रम संगै केन्द्रिय निकायको पदाधिकारीहरुमा शिव राम दहाल, बुद्ध लामा र हरिचन्द्र श्रेष्ठ लाई चयन गरेका छन् ।
एकीकृत समाजवादीको युवा संगठन विभाजन भै रोशन थापा र सन्जिप राईको नेतृत्वमा दुई समानन्तर कमिटी रहेको छ ।



