काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको साेमबार सम्पन्न पदाधिकारी बैठकले सन्जिप राईको नेतृत्वमा नौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । बैठकले २९ पदाधिकारी सहित २२१ सदस्य कमिटी घोषणा गर्दै जिम्मेवारी तोकेको छ ।

बैठकको निर्णयलाई सर्कुलर मार्फत जारी गर्दै काठमाडौबाट बिशाल लामालाई उपमहासचिव तथा बागमती प्रदेश इन्चार्जको बनाएको छ भने दोलखाबाट बासु भण्डारीलाई केन्द्रिय सचिव तथा बागमती प्रदेश अध्यक्ष बनाएको छ ।

एकीकृत समाजवादीको युवा संगठन विभाजन भै रोसन बस्नेत र सन्जिप राईको नेतृत्वमा दुई समानन्तर कमिटी रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर