हेटाैंडा : नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे बागमती प्रदेश सरकारमा सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका बादे आज सामाजिक विकास मन्त्री नियुक्त भएका हुन् ।

बादे संघीय सरकारमा पूर्व उद्याेग राज्यमन्त्री र काभ्रेबाट निर्वाचित संविधानसभा सदस्य समेत हुन् । नवनियुक्त मन्त्री वादेले जनताकाे आवश्यक्तालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् । बादे कांग्रेसभित्र खराे स्वभावका इमानदार नेताका रूपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर