काठमाडौं : भारतीय राष्ट्रिय कांग्रेसका नेता एवम् भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी पक्राउ परेका छन्। मतदाता सूचीको विषयलाई लिएर विपक्षी सांसदहरूको नेतृत्व गर्दै निर्वाचन आयोगमा विरोध प्रदर्शनमा जान लागेका उनलाई प्रहरीले सोमबार हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ दिल्लीको संसद भवन बाहिर संसददेखि राष्ट्रपति भवनसम्मको विरोध मार्चको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले भने आयोगमा जाने सांसदको संख्या धेरै भएका कारण सांसदहरुलाई हिरासतमा लिनु परेको बताएको छ । निर्वाचन आयोगमा ३० जना जान सक्ने भए पनि सांसदहरुको संख्या त्यो भन्दा बढी भएकाले हिरासतमा लिनु परेको प्रहरीको भनाइ छ। प्रमुख विपक्षी दलका नेता समेत रहेका गान्धीले लोकसभामा केही दिनअघि निर्वाचनमा सरकारले गडबडी गरेको र त्यसलाई आयोगले साथ दिएको बिषय उठाएका थिए। गान्धी लगातार सत्तारुढ दल भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर