काठमाडौं। अभिनेत्री हुमा कुरैशीको काकाको छोराको हत्या भएको खबर आएको छ ।

 

दिल्लीको निजामुद्दीन क्षेत्रमा पार्किङलाई लिएर भएको विवादका कारण अभिनेत्रीका भाइको हत्या भएको बताइएको छ ।प्रहरीका अनुसार घटना ७ अगस्ट बिहीबार राति निजामुद्दीनको जंगपुरा भोगल लेनमा भएको हो । प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

 

हुमा कुरैशीकी काका छाेराको नाम आसिफ कुरैशी हो । ‘आजतक’को रिपोर्टका अनुसार ७ अगस्टको राति निजामुद्दीनको जंगपुरा भोगल लेनमा हुमा कुरेशीका भाइबीच गेटबाट स्कुटर हटाएर साइडमा पार्क गर्दा झगडा भएको थियो ।

 

कुरा यति बढ्यो कि आरोपीले आसिफ कुरेशीमाथि आक्रमण गरे । गम्भिर घाईते आसिफलाई अस्पताल पुर्याएको थियो जहाँ चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको