बबिता मिश्र : आफ्नै संसदीय दलमा अल्पमतमा परिसकेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह तामाङले राजअंनामा दिइसकेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । शुक्रबार लामा विरूद्द कांग्रेसका बहुमत प्रदेश सदस्यले अविश्वासकाे प्रस्ताव दर्ता गराएका थिए ।
यसरी अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गर्नेमा ४ मन्त्री पनि थिए । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले कांग्रेसका ती चारजना मन्त्रीलाई पदमुक्त गरेका छन्। संविधानको धारा १६८ (९)(ख) अनुसार मुख्यमन्त्री लामाले सोमबार एक सूचना जारी गर्दै उनीहरूलाई पदमुक्त गरिएको जानकारी दिएका हुन्। तर, उनले पदमुक्त गर्नुअघि नै मन्त्रीहरू सुरजचन्द्र लामिछाने, मदुकुमार श्रेष्ठ, मिनकृष्ण महर्जन र बिमल ठकुरीले राजीनामा दिइसकेका थिए ।
राजनीतिक जानकारहरू बहादुर तामाङले आफ्नै संसदीय दलमा अल्पमतमा परेपछि राजीनामा दिनुकाे साटाे पद छाेडेका मन्त्रीलाई पदमुक्त गर्ने उल्टाे बाटाेमा लागेकाे बताए ।

बहादुरसिंह लामाविरूद्द अविश्वासकाे प्रस्ताव दर्ता
बागमति प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्द
कांग्रेसका ३७ सांसदमध्ये २१ जनाले हस्ताक्षर गरका छन् । उनीहरूले लामालाई हटाएर इन्द्र बानियाँलाई नयाँ मुख्यमन्त्री बनाउन चाहेका छन् ।



