
काठमाडौं : नेपाल शेर्पा संघकाे अध्यक्षमा सिन्धुपाल्चोकका ल्हाक्पा ठिलेन शेर्पा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी भाेजपुरमा तेञ्जी शेर्पाले १४४ मत ल्याउँदा ल्हाक्पा २१३ मत ल्याए ।
३७ सदस्यीय कार्यसमितिमा अधिकांस पदाधिकारी र सदस्य ल्हाक्पा प्यानलबाट निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा लाक्पा शेर्पा चयन हुँदा महासचिवमा लाक्पा जी शेर्पा निर्वाचित भए । ३ सचिवमा मिङ्मार, माछिरि र दावा शेर्पा (डिएन) निर्वाचित भए ।
ल्हाक्पालाई कांग्रेस, जसपा र एकीकृत समाजवादीनिकट शेर्पा संघले साथ दिँदा तेञ्जीलाई भने माओवादी, एमाले र अशाेक राई नेतृत्वकाे जसपा निकट शेर्पा संघकाे समर्थन थियाे । तेञ्जीकाे प्यानलबाट २ सदस्य र काेषाध्यक्ष, सहकाेषाध्यक्ष निर्वाचित भए । महिला उपाध्यक्षमा भने बराबरी मत आएपछि दुवै प्यानलका आङकण्डु शेर्पा र लञ्जम शेर्पाबिच १८/१८ महिना कार्यकाल बाँड्ने सहमति भएकाे छ।
निर्वाचित पदाधिकारीहरूः